सेयर बजारमा भारी गिरावट

आर्थिक

सेयर बजारमा बुधबार झिनो सुधार देखिए पनि बिहीबार भने भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार ५०.१३ अंकले गिरावट आएर २,९२६.८९ अंकमा सीमित भएको छ।

बिहीबार १.६८ प्रतिशतले घट्दा नेप्से परिसूचक २,९२६.८९ ओर्लिएको हो। एक करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता सेयर ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

बिहीबार ३६ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर ९.९९ प्रतिशतले बढेको छ। उपसमूहतर्फ विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी समूहमा उल्लेख्य गिरावट देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *