भोलिदेखि आउँदैछ नयाँ आईपीओ, कहिलेसम्म दिने आवेदन ?

आर्थिक

भोलिदेखि सामलिङ्ग पावर कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ । कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कुल सेयरमध्ये ३ लाख कित्ता आयोजना प्रभावित इलामका बासिन्दा र बाँकी २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका–८ र १०, माइजोममाई गाउँपालिका–४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ छिटोमा असोज १ गते र ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओमा सि–आस्वा, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *