अर्घाखाँचीको शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । काठमाडौ बाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक मुनी रहेको पहिरोबाट बिहान करिव ५ बजे सडकबाट करिव ३०० मिटर तल खसेको हो ।
दुर्घटनामा परी २ जना गम्भिर घाइते भएका छन । काठमाडौ बाट ६ जना र बुटवलबाट २ जना गरि ८ जना यात्रु र चालक र सहचालक गरि १० जना सवार रहेकोमा ५ जना घाइते भएका छन ।
गम्भिर घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप बिबरण आउन बाँकी रहेको छ ।
निष्पक्ष खबर बाट साभार