मन्त्रिपरिषद्ले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपराह्न ४ बजेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
गत साउन ३ गते सुरु भएको अघिल्लो अधिवेशन साउन ३२ गते अन्त्य गरिएको थियो। अधिवेशन अन्त्य भएको भोलिपल्टै सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश जारी गरेको थियो।
सोही अध्यादेशको जगमा एमाले र जसपा विभाजित भइ क्रमशः नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन्।