आईपीओ जारी गर्ने तयारीमा अर्घाखाँची सिमेन्ट ! ४३ ग्रेडको इजाजत पायो

खास खबर

अर्घाखाँची सिमेन्ट लिमिटेडले उत्पादन गरिरहेको अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस-५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ।

‘हालसम्म ३३ ग्रेड र सोसरहको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले आमउपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउनेछ,’ कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले बताए।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस-५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो।

क्लिंकर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो। गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आईपीओमा जाने तयारी सुरु गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *