हेलम्बु सडक फेरि अवरुद्ध, मेलम्चीको तीन ठाउँमा पहिरो

जिल्ला

अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ र १३ काे तीन ठाउँमा पहिरो खसेको छ । पहिराले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ ।
मेलम्ची-१२ बाहुनेपाटी र १३ मेलम्ची-जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो । मेलम्ची इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले निरन्तरको वर्षाले पहिरो पन्छाउन नसकिएको बताए ।

Leave a Reply

Your email address will not be published.