१९ वर्षमै वडा सभापतिमा सर्वसम्मत निर्वाचित

जिल्ला

दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर – ३ मा युवा नेतृ स्वस्तिका महत नेपाली कांग्रेसको वडा कार्यसमितिको सभापति पदमा सर्वसम्मत चयन भएकी छन् ।
शुक्रबार भएको कांग्रेसको वडा अधिवेशनबाट १९ वर्षीय नेतृ महत सभापति चयन भएकी हुन् । उनी सर्वसम्मत सभापति भएको निर्वाचन समितिले जनाएको छ । नेतृ महतले सबैभन्दा कम उमेरमा नेतृत्व सम्हालेकि छन् ।
यस्तै दुल्लु नगरपालिका वडा नम्बर १० का युवा नेता दिपेन्द्र पुरी पनि वडा सभापतिमा चयन भएका छन् । पुरी पनि सर्वसम्मत वडा सभापतिमा चयन भएका हुन् । उनी पनि प्रभावशाली युवा नेता हुन् । मिलनसार स्वभाव भएका पुरी सामाजिक कार्यमा पनि उत्तीकै सक्रिय देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *