जनगणनाको संशोधित कार्यतालिका मन्त्रिपरिषदबाट स्वीकृत

देश

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनगणनाको संशोधित कार्यतालिका स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कार्यतालिका स्वीकृतलगायतका निर्णयहरू गरेको जानकारी दिए।

त्यस्तै, बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय स्तरबाट सहुलियत ऋण सहायतास्वरूप प्राप्त हुने ५० मिलियन ( पाँच अर्ब ५४ करोडबराबर) स्वीकृत गर्ने र स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमअन्तर्गत प्राप्त हुने पाँच अर्ब ९४ करोडबराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ।

यसका साथै दार्चुलाको छाङरुङमा रहेको सीमा सुरक्षा चौकी ब्यारेक भवन निर्माणका लागि काठ संकलन गरी प्रयोग गर्न स्वीकृत गर्ने, बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने र निजामती सेवा दिवसमा ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *