तेह्रथुम पावर कम्पनीको नतिजा प्रि-अलाेटमेन्ट हुँदै, कतिकाे हात खाली होला त ?

आर्थिक

केही दिन अघि मात्रै ठूलाे संख्यामा आइपीओ जारी गरेकाे तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँडकाे नतिजाकाे पर्खाईमा धेरै रहेका छन् । अत्याधिक संख्यामा आवेलन परेकाले यसमा पनि भाग्यकै भर हुनेछ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपीओमा झन्डै २३ लाख आवेदकले ३ अर्ब १० करोड ९२ लाख रूपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० कित्ता शेयर खरिदका लागि आवेदन दिएको बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी दिएको छ ।

यस कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत ( १६,०००) कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत ( ४०,००० ) कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणमा लागि बिक्री खुल्ला गरेको थियो ।

कुल आवेदक मध्ये ७४ हजार ४ सय आवेदकले १०-१० कित्ताको दरले सेयर हात पार्नेछन भने बाँकी रहेका २३ लाख भन्दा बढिको यो पटक पनि हात खाली नै रहने छ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडको हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि यस कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

आइपियोको अहिले भेरिफाई भईरहेको एनआईविएल एस क्यापिटलले जानकारी दिएको हो । बिक्री प्रबन्धकले दिएको जानकारी अनुसार शेयर आवेदनको भेरीफाइ गर्ने काम अन्तिम चरणमा पुगेकाे र एक/दुई दिनमै प्रि-अलाेटमेन्ट हुने र यो साताको अन्तिम सम्ममा बाँडफाँड गर्ने गरी तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *