कुटनीतिक नोटको उचित जवाफ नआए एमसीसी पास हुँदैन : पुष्पकमल दाहाल

खास खबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अहिलेकै अवस्थामा पास नहुने बताएका छन् । आज वाईसीएलको केन्द्रीय कमटीको बैठकलाई सम्बोधन गर्दै दाहालले नेपाल सरकारले पठाएको कुटनीतिक नोटको उचित जवाफ नपठाए एमसीसी पास नहुने बताएका हुन् ।

‘नेपाल सरकारले एमसीसीका विवादित विषयमा स्पष्ट पार्न भनेर कुटनीतिक नोट पठाएको छ,’ दाहालले बैठकलाई सम्बोधन गर्दै भने, ‘त्यसमा अमेरिकाले चित्तबुझ्दो, उचित जवाफ दिएन भने एमसीसी संसद्‍बाट पास हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *