तेह्रथुम पावरको आइपीओ बाँडफाँट हुने दिन घोषणा !

आर्थिक

तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आइपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइपीओको प्रि-अलटमेन्ट सकिएको छ ।

कम्पनीले भदौ ९ देखि १३ गतेसम्म ८ करोड रुपैयाँको ८ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा ४० हजार कित्ता म्युचुअल फन्डलाई, १६ हजार कित्ता कर्मचारीलाई छुट्याएर सर्वसाधारणको लागि ७ लाख ४४ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

यो आइपीओमा २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

परेको आवेदन मध्ये गोलाप्रथा प्रकृयाबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । जसअनुसार ७४ हजार ४ सय जनाले १०-१० कित्ता सेयर पाउने छन् । बाँकी योग्य आवेदकको हात खाली हुनेछ ।

Leave a Reply

Your email address will not be published.