असोज १ बाट सरकारी सहुलियत पसल ३९ ठाउँमा, चामलदेखि खसीसम्म बजार मूल्यभन्दा सस्तोमा

देश

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आगामी असोज १ बाट चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएका छन्। यसपटक काठमाडौं उपत्यकाभित्र र बाहिर गरी कम्तिमा क्रमशः ३९ र ३६ ठाउँमा पसल राखिने भएको छ। यसअघि यो संख्या कम तोकिएको थियो।

सहुलियत पसलमा उपभोक्तालाई चामलदेखि खसीसम्मका विभिन्न खाद्य वस्तु विशेष छुट मूल्यमा बिक्री गर्ने तयारी गरिएको छ।

सहुलियत पसलका लागि यी दुई व्यापार कम्पनीले अहिले चामल र खसीमा छुट निर्धारण गरिसकेको खाद्यका नायब महाप्रबन्धक श्रीमणि खनालले बताए। उनका अनुसार, कम्पनीले आफ्नो नियमित मूल्यभन्दा चामलमा कम्तिमा प्रतिकेजी ५ रुपैयाँ र खसीमा प्रतिकिलो १० रुपैयाँ उपभोक्तालाई छुट दिइने छ।

अन्य खाद्यान्नको हकमा भने कम्पनीले मूल्य तथा छुट निर्धारण गर्न बाँकी नै रहेको उनले बताए। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाल, पिठो, घ्यु, तेल अन्य कम्पनीबाट खरिद गरेर सहुलियत मूल्यमा बिक्री गर्ने भएकाले सोहीअनुरुप उपभोक्तालाई केही प्रतिशत छुट दिने तयारी गरेको जनाएको छ।

यस्तै, साल्ट ट्रेडिङले पनि आफ्नो सहुलियत पसलमा नुन र चिनी विशेष छुटमा बिक्री गर्ने भएको छ। नुनमा प्रतिकेजी २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिने निर्णय भएको सूचना अधिकारी कुमार राजभण्डारीले बताए। यसपालि कम्पनीले देशका ३६ ठाउँमा सहुलियत पसल राख्ने भएको छ। गत वर्ष यसले ३० ठाउँमा सहुलियत पसल संचालन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *