एमालेद्वारा संसद बैठक अवरुद्ध, सभामुखलाई प्रश्न : एमाले टुक्र्याउन किन मतियार बन्नुभयो ?

खास खबर

नेकपा एमालेले आफ्नो दल टुक्र्याउन सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको उनले बताए ।

‘नेकपा एमालेले कारबाही गरेका सांसदलई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं’ उनले भने ।

प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान कानुन नियम विधि सारा विषय उल्लंघन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *