संसद बैठक भदौ २५ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै लगातार दोस्रोपटक संसद अवरुद्ध गरेपछि बैठक भदौ २५ गते शुक्रबार १ बजे बस्ने गरी स्थगित भएको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले एमालेले कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना नदिएको भन्दै अनुत्तरित प्रश्न सृजना भएको बताएका थिए ।
लगत्तै संसद बैठक १५ मिनेटका लागि रोकिएको थियो । पुनः सभामुख सापकोटाले बैठक सुरु गरे पनि सांसदहरुले अवरोध गरे । नारावाजीसहित रोष्ट्रम घेरेपछि सभामुख सापकोटाले बैठक सञ्चालन गर्न सहयोग गर्न एमाले सांसदहरुसँग आग्रह गरेका थिए । तर, एमाले सांसदहरुको लगातारको अवरोधपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।