इजरायल जाने श्रमिकको भाषा परीक्षाका लागि केन्द्र तोकियो (परीक्षा केन्द्रको नामसहित)

खास खबर

वैदेशिक रोजगार विभागले इजरायल जान चाहने श्रमिक छनोटका लागि लिइने अंग्रेजी भाषाको परीक्षा केन्द्र तोकेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै विभिन्न ११ वटा परीक्षा केन्द्र तोकेको हो ।

विभागले तोकेको परीक्षामा केन्द्रहरूमा कलंकीमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार स्कुल, नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज छन् । यस्तै नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वर सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, वसुन्धारको साउथ वेस्टर्न कलेज र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेश्नल कलेजलाई भाषा परीक्षा केन्द्र तोकेको छ ।

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुने भएको छ । त्यसमा अंग्रेजी भाषाको लिखित परीक्षा ८० तोकेको छ भने ४० ल्याए उत्तीर्ण हुन सक्ने जनाएको छ । त्यस्तै दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताका लागि २० अंक छुट्टाइएको छ । इजरायल सरकारले अंग्रेजी भाषालाई प्राथमिकता दिएको छ ।

इजरायल रोजगारीका लागि ९ हजार ६९९ जनाले आवेदन दिएका छन् । त्यसमध्ये आवेदन दिनेमा पाँच हजार चार ९९ जना पुरुष छन् भने चार हजार दुई सय महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल सरकारले पहिलो चरणमा ‘केयर गिभर’लाई प्राथमिकतामा राखेर एक हजार श्रमिक लैजाने भएको छ । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *