२१ वर्षीया पूजा सबैभन्दा धेरै मतका साथ कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

देश

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ की २१ वर्षीया पूजा फुयाँल नेपाली कांग्रेसकाे क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित हुनुभएको छ । वडा अधिवेशसनमा खसेको दुई सय ६३ मतमध्ये पूजाले सबैभन्दा धेरै अर्थात् दुई सय दुई मत प्राप्त गरेर निर्वाचित हुनुभएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

नौ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसङ्घ इकाइ सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा २०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित हुनुभएको थियाे । पूजा अहिले नेविसङ्घ सोलुको कोषाध्यक्ष र जीपी कोइराला फाउन्डेशनकाे जिल्ला सहसचिव हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *