राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई गरी कुल २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ ।
यो आइपीओमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आइपीओ निष्काशन गर्नेछ । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।