अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका लगानीकर्ताहरुको लगानी डुब्न नदिने बताएका छन । उनले समग्र लगानीको सुरक्षा गर्ने दायित्व सरकारको भएकोले डुब्न नदिने बताए । पुँजी बजारका ४३ लाखभन्दा बढी लगानीकर्ताको लगानी सुरक्षित गर्नुपर्छ ।
‘यो सरकारको दायित्व हो । सोही कारण पुँजी बजारमा देखिएका बेथितिहरु र समस्याहरु पत्ता लगाई समाधान गर्न अध्ययन समिति बनेको छ । छानबिन समितिको प्रतिवेदन आउँछ । यसले दिने रिपोर्टका आधारमा थप कदम चालिनेछ’ उनले बताए ।
अर्थमन्त्रीले आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा धितोपत्र बोर्डंका अध्यक्षमाथि छानबिन गर्न समिति बनाएको तर्फ पनि अर्थमन्त्रीले संकेत गरे । प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट पेश गरिएपछि यसका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो ।