असोज ४ बाट नयाँ नोट साट्न पाइने

देश

नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट पठाएको छ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार दसैँतिहारका लागि बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको हो। ‘बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोटको सहटी उनीहरुको समायानुकूल गर्न सक्नेछन्’, बिजशालासँग कुरा गर्दै नेपालले भने, ‘राष्ट्र बैंकले भने असोज ४ गतेबाट नयाँ नोटको व्यवस्था गर्नेछ।’

पोहोरको दसैँतिहारमा नयाँ नोट सटहीको व्यवस्था गरिएको थियो। पोहोर सुकिला नोटहरु साट्ने व्यवस्था गरिएको थियो।

नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालय सहटीको व्यवस्था गरिएको पनि नेपालले बताए। ‘एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ सटही गर्न पाउनेछन्’, उनले भने, ‘रु. ५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका एक/एक बन्डलका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा दिइएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *