कोरोनाले बन्द रहेको सुपा देउराली मन्दिर आजबाट खुल्यो

धर्म / संस्कृति

अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर आज बाट खेलेकाे छ । कोरोनाका कारण गत बैशाख २१ गतेदेखि बन्द भएको सुपा देउराली मन्दिरलगायत जिल्लाका अन्य मन्दिर तथा धार्मिक, पर्यटकीय स्थलहरू मंगलबारदेखि खुलेका हुन् ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोरोनाको जोखिम कम हुँदै गएसँगै जिल्लाका मठमन्दिर तथा धार्मिक स्थल खोल्ने निर्णय गरेको हो ।

सुपादेउराली मन्दिर बन्द भएपछि भक्तजनहरूले बाहिरै पुजा अर्चना गर्ने गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले भीडभाड हुने क्षेत्रमा भने अझै असोज ७ गते बिहीबार राति १२ बजेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।

प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट, शैलुन, जिमहल बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुला गर्न दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *