केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन

देश

सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । भूमिसम्बन्धि समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष निरौंलालाई सपथ गराउनु भएको हो । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौंलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.