राजनैतिक दलको नाम र चुनाव चिन्हको मोहमा जगडिएको नेपाली राजनीति ! [कृष्ण भुसालको विचार]

विचार

 -कृष्ण भुसाल

बिज्ञान र प्रबिधिको उच्च बिकासको कारण समग्र बिश्व अहिले एउटै Global Village मा रुपान्तरण भएको छ । लोकतान्त्रिक मुल्य मान्यता अगाँलेका कैयौं देसहरुमा लोकतन्त्रका विकसित मोडालिटिहरु देख्न सकिन्छ । तर हाम्रो देशको राजनीति अझै पनि परम्परागत पार्टी र चुनाव चिन्हको मोहमा जगडिएको छ ।

आजभोलि दिनहुँ जसो सुनिरहन्छु एमाले र सुर्य चिन्ह छाडन सकिएन आदिआदी । के हिजो पुस्पलाल श्रेष्ठहरुले कम्युनिस्ट पार्टी स्थापना गर्दा चुनाव चिन्ह हेरेर अनि रोजेर पार्टी स्थापना गरेका थिएकि सर्बहारा बर्गको अधिनायत्व कायम गरि समाजवाद हुँदै साम्यवादमा पुग्न स्थापना गरेका थिए ? सुर्य चिन्हले समाजवादमा पुर्याउने भए दुई तिहाई बहुमत सहितको सरकार बनी साढे तीन बर्स सरकार चलाउदा समाजवादको कस्तो मोडालिटी बन्यो त ? के सुर्य चिन्ह लिएर डन , माफिया , तस्कर , ठेकेदार जो चुनावमा उठेपनी त्यो दुधले नुहाएको जस्तै पबित्र हुन्छ ?

जब कम्युनिस्ट पार्टी र विशेषत मुल नेतृत्व तिब्र बैचारिक स्खलनमा पर्छ त्यतिबेला गाँस नपाएका मजदुरको भन्दा ठोरी को राम मुर्तिको लागि करोडौं खर्च गरि मुर्ति निर्माण गर्दछ , पशुपतिमा अरबौको स्वर्ण जलहरिमा ध्यान दिन्छ । इमानदारीताका साथ एमालेको राजनीतिमा लागि पार्टीलाई यो स्थानमा पुर्याएका टोल देखि केन्द्र सम्मका बहुसंख्यक कमरेडहरुलाई रछयानमा फ्याकेर वडा , पालिका, प्रदेश अनि केन्द्रमा चुनावी टिकट दिँदा पैसा र पावरका आधारमा बाँडेको दुनियाँ लाई हेक्का छैन र ? अनि इमान्दार मान्छेहरु त्यही भ्रष्ट पात्रहरुलाई बोकि बिजय गराउछन अनि त्यही पात्र जो बिजयी हुन्छ उसले आधारभूत तहका जनताको जीवन स्तर उकास्न केही काम गरेको हेक्का छ ? यसरी पार्टी र चुनाव चिन्हको सेन्टिमेन्ट समातेर कति दिन जनतालाई बेवफुक बनाउने भन्नू त ? पछिल्लो दिनमा एउटा कुरा के प्रष्ट भो भने जो ब्यक्तिमा आफैमा कुनै योग्यता छैन , बिबेक भन्दा दासतालाई ध्यान दिन्छ, लत्रीएर भएपनी प्रभुको सरणमा परे केही पाइन्थ्यो कि भन्ने सोच भएका तर व्यबहारमा निकै तुच्छ र संकुचित सोच भएकाहरू बुरुक्क उफ्रीदै एकताको कुरा गर्दा लाज भन्ने जिनिस पनि नहुदो रहेछ जस्तो लाग्छ ।

हुन त जम्मा भएको भिडमा भाषण गर्न जो पनि तयार हुन्छन तर आफै भिड जम्मा गर्ने हिम्मत भएकाहरूनै वास्तविक नेता हुन जस्तो लाग्छ । अझै त्यति माथी पनि नजाम हिजो एकजना कमरेडले बढो कम्मर कसिकसी गरिब र मजदुरको हितको हामी कम्युनिष्ट भएको हो भन्दै हुनुहुन्थ्यो , एकैछिन आँखा चिम्लिएर सोचेँ आजभन्दा १३/१४ बर्स अघि र आजको तुलना गर्दा बिना मेहनत पचासौं करोड जोड्नुभएको छ तर उहाँकै आसपासको मजदुरहरुको अवस्था अझै दयनीय छ , । कम्युनिस्टका नाममा महा दलालहरुलाई सुर्य चिन्हबाट जिताउँदैमा केही परिवर्तन आयो र ?
हामी अझै पनि व्यक्तिको योग्यता , क्षमता अनि गुणस्तरमा भन्दा दलको नाम र चुनाव चिन्हलाई बढी महत्त्व दिने गरेका छौँ ।बिगतमा राजनीति गरेको हुँ, जेल परेको हुँ , भुमिगत बसेको हुँ भनेकै नाममा अयोग्य नेतालाई सासकिय जिम्मेवारी दिँदा देसको हालत सधै गिर्दो छ ।

एउटा चिन्हको लोभ गरेर गलत कार्यलाई समर्थन गर्ने वा आत्मसमर्पण गर्दै राजनीतिबाट बिमुख हुने कि चिन्हको लोभ नगरी गतिलो एजेन्डा बोकेर नयाँ राजनैतिक सिराबाट राजनीति गर्ने ? त्यो सोँच्न आवस्यक छ । अब हिँजोका दिनमा तपाईंहरुले कसरी राजनिती गर्नुभो त्यो एक ठाउँमा छ तर अबको राजनीतिमा त्यो पच्दैन । लोककल्याणकारी राज्यको अवधारणालाई आत्मसात गर्न सक्ने, दिगो बिकासको अवधारणा भएका, उत्पादन संग जोडिएका , बिश्व प्रणाली बुझ्न सक्ने, निस्कलंकित , योग्य पात्रहरूलाई मात्र हरेक राजनैतिक दलले अघि सार्नुपर्छ । ढंग नभएकालाई शासन सत्ताको जिम्मेवारी दिँदा देस दुर्घटना तर्फ जान सक्छ । नीति निर्माण गर्नेहरू झन अब्बल हुनुपर्दछ , न्याय प्रणाली दलिय प्रभाव मुक्त हुनुपर्दछ अनि मात्रै लोकतान्त्र बलियो हुन्छ ।

हामी त आफ्ना नेताले जति गलत कार्य गरेपनी हनुमान बन्दै उफ्रने , आफ्नो दलको चुनाव चिन्हबाट जति खराब पात्र चुनाव उठे पनि दुधले नुहाएको सम्झेर बोक्दै हिड्ने गर्छौं । न हामिले आफ्नो दललाई सुधार्न सक्छौं न नेतृत्वलाई । आलोचनात्मक चेत भएकाहरु लात खाएर बस्ने हो दासहरु र चाकरहरु हरेक कुरामा मालामाल चाहे पार्टी जिम्मेवारीमा होस चाहे नियुक्तिमा । एउटा नेताले शक्तिको दुरुपयोग गर्दै आफ्नै ठाउँमा मात्रै बजेट थुपार्दा ताली पिट्छौँ तर दुर्गमको बजेट खोसिँदा मौन बस्छौँ । स्रोत र साधनको न्यायोचित बितरणमा भन्दा आफू अनुकुल बाँड्नेलाई राजा मान्दै पुज्छौँ । तसर्थ देश बनाउन नाम चलेका चुनाव चिन्हको आडमा गलत व्यक्तिलाई कुनै हिसाबले ठाउँ दिनु हुँदैन । चुनाव चिन्ह भन्दा व्यक्तिको इमान, योग्यता , बिज्ञता धेरै ठूलो कुरा हो ।

राम्रो अनि योग्य पात्रलाई दलहरूले बोक्ने हो भने जुन चुनाव चिन्ह भएपनी जित्न गाह्रो छैन । चिन्हको निम्ति आत्मसमर्पण होईन सहि एजेन्डा र असल पात्रको साथ लिएर हिँडौ पार्टी संगठन लोभलाग्दो र जन उत्तरदायी बन्नेछ , लोकतन्त्र झन मजबुत हुनेछ । गर्न आवस्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *