अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता

जिल्ला

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्लले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ कि भारती थापालाई प्रजिअ पौडे्ल र कर्मचारीले घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।

शारीरिक रूपमा पूर्ण अशक्त रहनुभएकी २६ वर्षीय थापा नागरिकता नहुँदा राज्यको सेवासुविधाबाट वञ्चित हुनुभएको थियो । नागरिकता प्रदान गरिएकोले आवश्यक सहयोगको लागि समन्वय गरिने प्रजिअ पौडे्लले प्रतिबद्धता जनाउनुभएको छ ।

यता पूर्ण अशक्त रहनुभएकी थापाकी आमा ज्ञानी थापाका अनुसार एक जनाले छोरीको स्यार सुसार गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

यो अवस्थामा पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनालको पहलमा घरमै आएर नागरिकता प्रदान गरेकोमा प्रशासन कार्यालय लाई धन्यवाद दिनुभएको छ ।

सूर्यप्रसाद भुसालबाट प्राप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *