काठमाडौँ उपत्यकाका विद्यालयहरु नखुल्ने

शिक्षा

काठमाडौँ उपत्यकाका विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठनपाठन नहुने सम्भावना बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार निजी विद्यालयहरुका संगठनहरु प्याब्सन तथा एनप्याब्सन, अभिभावकहरु, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा भएको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको हो ।

छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा सचिव, सीसीएमसीका अधिकारी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरु सहभागी थिए । कार्यक्रममा सहभागी भएका एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले थोरै विद्यार्थी भएका विद्यालय मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय नखोल्ने सहमति भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *