प्याजको भाउ आकासिने संकेत !

देश

प्याजको भाउले फेरि एकपटक उपभोक्तालाई रुवाउने जोखिम बढेको छ । नेपाली तरकारी बजारमा पाइने सुकेको प्याज ठूलो संख्यामा भारतबाट आयात हुने गरेको छ । भारतमा प्याज महँगो हुने अनुमान गरिएको छ ।

प्याजको भाउ बढ्ने प्रमुख कारण हुनसक्छ, मानसुन । मनसुनका कारण प्याजको बाली तयार हुन समय लागिरहेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । भारत प्याजमा संसारकै ठूला निर्यातकर्तामध्ये एक हो ।

चक्रवातका कारण प्याजको बफर स्टकको अवधि पनि कमी भइरहेको छ । जसले प्याजको मूल्यमा असर पार्ने आकलन गरिएको छ । क्रिसिल रिसर्चको एक रिपोर्टअनुसार अक्टोबर-नोभेम्बरमा प्याजको मूल्य उच्चस्तरमा पुग्ने देखिएको छ । विगतमा भारतले आफ्नो मुलुकमा प्याजको आपूर्ति कम भएपछि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार प्याजको मूल्य प्रति किलो औषतमा ४३ रुपैयाँ छ । क्रिसिल रिसर्चको रिपोर्टअनुसार २०१८ को तुलनामा प्याजको मूल्यमा करीब १०० प्रतिशतसम्म वृद्धि हुनसक्छ । मानसुनका कारण महाराष्ट्रमा प्याजको बालीको रोपाईमा समस्या आइपुगेको थियो । सन् २०२० को तुलनामा यसपाली एक-पाँच प्रतिशतसम्म प्याजको उत्पादन घट्ने अनुमान गरेको छ ।

भारतमा प्याजको मूल्यमा मनसुनको सीधा असर देखिएको छ । भारतमा अगस्टमा मानसुनमा पानी कम परेको थियो । अब सेप्टेम्बरमा पानी अधिक भएकाले किसानले समस्या झेलिरहेको छ । जति प्याजको रोपाइमा ढिलाइ हुन्छ, त्यति प्याजको भाउ बढ्नेछ ।

गत वर्ष प्याज महँगिएर नेपाली बजारमा प्रति किलो एक सय २० रुपैयाँसम्म पुगेको थियो । उत्पादन घटेर बजारमा भाउ आकासिन थालेपछि आन्तरिक माग धान्न गाह्रो पर्ने भन्दै भारतले प्याज निर्यातमा रोक लगाएको छ। भारतबाट हुँदै आएको आयात अवरुद्ध भएपछि नेपाली बजारमा प्याजको भाउ आकासिने आकलन गर्दै व्यापारीले लुकाउन थाल्दा भाउमा मनपरी सुरू भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *