चर्चाको सिखरमा रहेपनि गुमना जिवन वाँचिरहेकी लोक तथा दोहोरी गायिका विष्णु माझीलाई सरकारले विभुषण प्रदान गर्ने भएको छ । संविधान दिवस ०७८ को अवसर पारी सरकारले माझीलाई विभुषित गर्न लागेको हो । विभुषण प्रदान गर्ने गायक/गायिकाको सुचिमा माझीको नाम रहेको जनार्यएको छ । यसपटक विभुषित हुने गायिका सम्भवतः उनी मात्रै रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
उनी लामो समयदेखी गुमनाम जिवन विताईरहेकी छिन् । कतिपयले उनलाई आफनै श्रीमान सुन्दरमणी अधिकारीले वन्धक वनाएको आरोप लगाईरहेको छन् । सामाजिक सञ्जाल र समाचार माद्यममा उनको ब्यापक खोजी भईरहेको छ ।
पछिल्लो समय माझीको स्वरमा रहेको तीज गीत ‘चरी जेलैमा’ सर्वाधिक चर्चामा आएपछि फेरी उनको खोजी वढेको हो । यसैगरी, नायिका केकी अधिकारी पनि सरकारबाट विभुषित हुने सुचिमा छिन् । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललगायतले पनि सरकारले विभुषण प्रदान गर्ने भएको छ ।
सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका विशिष्ठ ब्यक्तिलाई राष्ट्रपतिको हातवाट विभुषणबाट सम्मान गर्दै आएको छ ।