पत्रकार हरिबहादुर थापाले सरकारले दिएको पदक अस्विकार गर्नुभएको छ । आज समाजिक सञ्जालमा लेख्दै थापाले सुप्रबल जनसेवाश्री पदक अस्विाकार गरेको जानकारी दिनुभयो ।
उहाँले यसअघिका सरकारले पटक पटक पदकका लागि आफूलाई सोधेको तर यो सरकारले सोध्दै नसोधी नाम राखेको बताउँदै उक्त पदक नलिने घोषणा गर्नुभएको हो । उहाँले पदकका लागि सरकारलाई धनयवाद समेत दिनुभएको छ ।