सेयर लगानीकर्ताको हितमा सरकार प्रतिबद्ध: अर्थमन्त्री शर्मा

आर्थिक

अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका तत् अध्यक्ष भिष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित जाँचबुझ समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले सेयर कारोबारमा ठूलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन्।

उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझावअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने पनि बताए। जाँचबुझको प्रक्रियाले सेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।

उनले भने, ‘नेपाल सरकारले यसको अध्ययन गरेर जाँचबुझ समितिले दिएको सुझावअनुसार आवश्यक प्रक्रियामा अगाडि बढ्ने कुरा पनि म जानकारी गराउन चाहन्छु। सेयर कारोबारमा आम जनता ठूलो संख्या सहभागी भइरहेको र सेयर कारोबार सम्बन्धी सूचनाहरु, त्यसको बारेमा जानकारीहरु कम हुँदाहुँदै पनि कारोबारमा ठूलो संख्या सहभागी भइरहेको सन्दर्भमा हाम्रो दायित्व ती सबै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्ने कुरा नै हो। यो प्रक्रियाले सेयर मार्केटलाई व्यवस्थित गर्ने, सुरक्षित गर्ने कुरामा थप मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। सर्वसाधारणको अहित नहोस् भन्ने कुरामा सचेत रहेको जानकारी गराउँछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *