खाद्यले दुई हजार खसीबोका ल्याउने, च्यांग्राको सम्भावना कम

देश

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि कम्तीमा दुई हजार खसीबोका ल्याउने भएको छ । दसैँको बेलामा बजारमा हुन सक्ने महँगी नियन्त्रण गर्न खाद्यले यस वर्ष पनि खसीबोका ल्याउन लागेको हो ।

कम्पनीका प्रमुख कार्यकारी मोहनप्रकाश चन्दले दाङ र मकवानपुरबाट खसीबोका ल्याइने बताए । “यो वर्षका लागि हामीले कम्तीमा दुई हजार खसीबोका ल्याउने छौँ, त्यसको तयारी अगाडि बढाइसकेका छौँ,” उनले भने ।

कम्पनीले च्यांग्रा ल्याउन सक्ने सम्भावना भने न्यून रहेको जनाएको छ । मुस्ताङबाट च्यांग्रा ल्याउन मूल्य बुझ्ने काम भइरहेको उनले बताए । चीनबाट च्यांग्रा ल्याउन सके सस्तो पर्ने तर नेपाली च्यांग्रा खरिद गर्दा महँगो पर्न सक्ने उनले बताए ।

“चीनबाट ल्याउन सकियो भने सस्तो पर्छ, नेपाली च्यांग्रा महँगो पर्छ । ल्याउने प्रयास गर्छौँ, तर गाह्रो देखिएको छ,” उनले भने ।

Global bank
कम्पनीले खसीबोका किन्दा प्रतिकिलोग्राम १० रुपैयाँ छुट दिने घोषणा गरेको छ । कम्पनीले ३९ जिल्लामा ४३ वटा स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

असोज १ गतेदेखि सञ्चालनमा ल्याइएको सुपथ मूल्यका पसल आउँदो छठसम्म सञ्चालन गर्ने तयारी गरिएको चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *