प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको स्रोतले जनाएको हो ।
सहमतिसँगै देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले उनलाई तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागेको स्रोतले जनाएको हो ।