चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मध्य रातमा गएको पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको हो ।
आज बिहान ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।