एकीकृत समाजवादीको बैठक बस्दै

देश

नेकपा एकिकृत समाजवादीको बैठक आज पनि बस्दैछ । आज विहान १० बजे बस्ने बैठकले चुनाव चिन्ह लगायत पार्टीका विभिन्न संगठन आयोग र विभागमा जिम्मेवारीको बाँडफाँड र फेरबदल गर्नेछ ।

बुधबार बसेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । केन्द्रीय कमिटीको बैठकमा पेश गरिएको राजनीतिक प्रस्ताव माथि हिजोदेखि समुहगत छलफल शुरु भएको छ ।

प्रस्तावमा अध्यक्ष नेपालले नेपाली कम्युनिष्ट आन्दोलनलाई व्यक्तिवादी अहंकारवाद, निरंकुश एवम् स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको महारोगले गाँजेकोे व्याख्या गर्नु भएको छ । उहाँले नयाँ पार्टी कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता भएको दाबी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *