असोज १० गतेदेखि खुल्दै मुक्तिनाथ मन्दिर

धर्म / संस्कृति

कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाख देखि बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो ।

मन्दिरमा कोरोना खोप लगाएका कर्मचारी तथा सर्वसाधारणले सहज प्रबेश पाउने बताइएकाे छ । सरकारले सहर बजारका पार्टी प्यालेसदेखि विभिन्न प्रतिष्ठान र विद्यालय सम्म खोल्ने निर्णय गरे पछि मुस्ताङमा समेत कोभिड–१९ संकट व्यवस्थापन समितिले ६ महिनाबाट बन्द रहेको मन्दिर खुला गर्ने निर्णय गरेको हो । कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *