त्रिशुलीमा कार खस्यो तिन जना बेपत्ता

देश

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएक छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा बिहीबार राति कार अनियन्त्रित भई सडकबाट तल नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् ।

पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी भने घाइते हुनुभएके छ । उहाँको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ। कारसहित उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *