एमालेको कार्यकारी पदमा दुईपटक भन्दा बढी रहन नपाइने सुझाव

देश

नेकपा (एमाले)को कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने तथा उपाध्यक्ष र सचिव ७–७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ ।

दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गर्दा नेताहरूले यस्तो सुझाव दिएका हुन् । १० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियो । सबै समूहको निष्कर्ष नेताहरूको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश ईन्चार्जको भूमिका दिनुपर्ने रहेको एमाले नेताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *