सहयोगी बि. सि.
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ६ फुदबाङ नजिकै सयमुरीमा रहेको बिधुत सब स्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
गत ३ वर्ष देखि १३२ के. भि. लाइनको निम्ति सब स्टेसनको निर्माण कार्य सुरु भै आयोजनाको काम अब अन्तिम चरणमा पुगेको आयोजना प्रमुख मनोज चौधरीले बताउनु भएको छ।
‘हामी अब यो वर्ष भित्र नै काम सम्पन्न गरि बिधुत सेवा संचालनमा ल्याउने तैयारीमा छौं,’- उहाँले भन्नुभयो । बिधुत
सो स्थान बाट सन्धिखर्कमा बिधुत प्रवाह गरिने र प्राविधिक कारणबाट लाइन झ्याप्प झ्याप्प जाने समस्या समाधान हुने नेपाल बिधुत प्राधिकरण अर्घाखाँची शाखाका भोला पाण्डेले जानकारी दिनु भयो ।
योजना सम्पन्न भएपनि उक्त स्थान बाट सन्धिखर्क बजारका ट्रान्समिटरमा बिजुली ल्याउन छुट्टै लाइनको निम्ति बजेट माग गरि सकिएको कार्यालयले जनाएको छ।
सेवाग्राहीहरूले विभिन्न कारणले लाइनजाँदा बिधुत प्राधिकरणप्रति गुनासो गर्ने गरेकोप्रति उहाँले खासै केही भन्न चाहनु भएन।
‘लाइन गएर घर अँध्यारो हुँदा हामीलाई सम्झने र गाली गर्नु स्वभाविकै हो । हामी ग्राहक लाई २४ सै घण्टा बिधुत सेवा दिन इमानदार रुपमा अहोरात्र खटेका छौ। हामी हाम्रो भगवानरुपि ग्राहकलाई सेवा दिन कुनै कसर राख्ने छैनौं,’-उहाँको भनाई छ।
हाम्रो बिधुत प्युठानको झिमरुकबाट अर्घा धरमपानीमा रहेको ३३ केभी सब स्टेसनमा आई बिधुत बितरण हुने हुँदा र झिमरुकले प्यूठान ,रोल्पा र अर्घाखाँचीमा लाइनदिँदा ओभरलोड भै स्विच अफ हुने भएकोले पनि कहिलेकाँही बिधुत जाने गरेको उहाँले स्विकार्नु भयो।
यो कार्यालयको कमजोरी नभएर प्राविधिक समस्या भएकोले प्राविधिक रूपमा नै समस्या समाधान तर्फ लागिएको बताउनु भयो। उहाँले अब कपिलवस्तुको मोतिपुर बनगाईबाट ठाडा खाँची हुँदै फुदबाङ सब स्टेसनमा बिधुत आएपछि जिल्लामा बिधुत बितरण हुने हुँदा अब यो पुरानो समस्या नदोहोरिने कार्यालय प्रमुख इन्जिनियर किरण खनालले बताउनु भयो।
फुदबाङ जस्तै अर्घाखाँची जिल्लाको शितगंगाको अमराई, मालारानिको हंशपुरमा पनि योजनाको काम भैरहेको र अब छिट्टै उक्त सब स्टेसन बाट बिधुत सेवा सुचारु हुने भन्दै झण्डै ६ महिना देखि दुर्गाफाँट बाट सेवा सुरु भै सकेको पनि कार्यालयले जनाएको छ।
भाग्यबस अर्घाखाँची जिल्ला बाट उर्जा मन्त्रीमा टोपबहादुर रायमाझी मन्त्री भएपछि जिल्लामा रहेका काठका पोलहरू विस्थापन गरि सकिएको र अहिले उर्जा मन्त्री पम्फा भुसाल हुनु भएकोले पनि बिधुत बिस्तार र सुधारमा उल्लेख्य उपलब्धि भएको र हुने अपेक्षा जिल्ला बासिले गरेका छन ।