अर्घाखाँचीमा कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्ने भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्यमा हरिप्रसाद दमासेले उम्मेदवारी दिएका छन ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला तर्फबाट सदस्यमा उनले उम्मेदवारी दिएका हुन ।
यसअघि दमासे भूमिकास्थान वडा नम्बर ९ बाट क्षेत्रिय प्रतिनिधिमा निर्विरोध चयन भएका थिए । निजामती प्रशासनमा रहेर अवकाश प्राप्त दमासेसँग विगतमा नेविसंघदेखि निजामती कर्मचारी युनियनमा रहेर काम गरिसकेको अनुभव छ ।
उनी द्वन्द्वकालमा माओवादीबाट अपहरणमा परि ५० हजार धरौटीमा करिब एकमहीना पछि छुटेका थिए ।
नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्यमा अत्याधिक मतले जिताउन दमासेले सम्पूर्ण निर्वाचित वडा सभापति, क्षेत्रिय प्रतिनिधिहरूलाई आह्वान समेत गरेका छन ।
दमासेका अनुसार सहमति नेपाली कांग्रेसमा सहकार्य एकता आजको आवश्यकता हो । नेपाली कांग्रेस अर्घाखाँचीको कार्यसमितिमा आफूले प्रवेश पाए अर्घाखाँची भर संगठन निर्माणलाई नयाँ गति दिर्दे तीव्रता पार्ने उनले बताएका छन ।