भिष्म ढुंगानालाई स्पष्टिकरण साेध्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

खास खबर

सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । सर्वोतम सिमेन्टको सेयर खरिदमा मुछिएका उनलाई आज बसेको मन्त्रीपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि सरकारले भदौं १४ गते छानविन समिति बनाएको थियो । सरकारद्धारा गठित छानविन समितिले उनी दोषी रहेको प्रतिवेदन बुझाइ सकेको छ ।

स्पष्टीकरण सोध्ने र चित्त नबुझे पदबाट बर्खास्त गर्ने सरकारको तयारी रहेको उच्च स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *