माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

देश

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको नेता लिलामणि पोखरेलले जानकारी दिए।

मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण एक दिन पछि सारिएको हो  । बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्ने तयारी छ ।

पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम तोकिसकेको छ । सोमबार बसेको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म, वडा भेलाको बैठक कार्तिक १३ गते र पालिका स्तरीय भेला मंसिर ४ गतेसम्मलाई सारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *