आज देखि न्यादी हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने गर्न लागेको हो ।
निष्काशन हुने कुल सेयरमध्ये ४५ हजार कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।