ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद् इच्छाराज तामाङ पक्राउ

देश

पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी र हिनामिनाको आरोपमा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गएराती तामाङलाई पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

उनीसहित अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको सीआइबीले जनाएको छ । सीआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई हिजो सुन्धाराबाट पक्राउ गरिएको हो ।

तामाङले हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना गरेको उजुरी परेको पनि सीआइबीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *