साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित

खेल

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक–एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक–एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । ह्यामिल्टनले ५७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए । खेलको ८६ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुसले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *