मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै बिक्री नभएमा ढिलाेमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यसैगरी, कम्पनीकाे निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ ।