आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दशैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन् ।
यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।