मन्त्री परिषदले आज पूर्णता पाउने भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूणर्ता पाउन लागेको हो ।
लामो समय देखि मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन नसकेका सत्ता गठबन्धनले अन्ततः बिहीबार मन्त्रालय भागबन्डामा सहमति जुटेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको हो ।
कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाएका छन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एकरएक जना राज्यमन्त्री पनि पाएका छन्।