अर्घाखाँचीमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।गुल्मी जिल्ला ईस्मा गाउँपालिका वडा नम्बर २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ८ मा घर भाडा गरी बस्ने ४३ वर्षिय लाल बहादुर कुमालले आफ्नो श्रीमती ३० वर्षिय सिता कुमाललाई कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गएराति श्रीमान र श्रीमती बिच घरासी विवाद हुँदा आफ्नै श्रिमानले कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिनुभयो ।
कुटपिटमा संग्लगन कुमाल लाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो।