नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा केही समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका हुन् ।
७४ वर्षीय वैद्य लामो समयदेखि दमको रोगबाट पीडित थिए । वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिए ।