थानकोटमा ग्याँस ट्यांकर दुर्घटना, सवारीसाधन बीच बाटोमै अलपत्र

देश

काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना हुँदा सयौं सवाराीसाधन बीच बाटोमा नै रोकिएका छन् । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो ।

आज राती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।

बाटो खुलाउने प्रयास भइरहेको ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *