न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर यसै साताभित्रै बाँडफाँट हुने भएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले आज मंगलबार प्रि अलटमेन्ट गरी केही दिनभित्रै सेयर बाँडफाँट गर्ने जनाएको छ।
कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो।