सुदूरपश्चिममा पहिरोमा परेर १३ जनाको ज्यान गयो

खास खबर

सुदूरपश्चिममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा आठ जनाको ज्यान गएको छ । यस्तै गरेर बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पहिरोमा परी जोरायल गाउँपालिका – ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो ।

यस्तै डोटीकै सायल गाउँपालिका –६ खातिवाडाको घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर १४ वर्षीयसागर कुन्जेडा र ११ वर्षीय आशिस कुन्जेडाको मृत्यु भएको छ । डोटीकै शिखर नगरपालिका–११ कि ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *